0 COMMENTS

फागुन ९, काठमाडाैँ । दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा ‘आयुष्मान् भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो ।

समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् । उनले निर्वाचन अघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन । साथै, पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तीकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।