फागुन ८, काठमाडाैँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय छोड्न आदेश दिएको र यस प्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवव्दारा एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
भारतीय संचार माध्यमहरुले उनको आत्महत्याको कारण उनीमाथि लामो समयदेखि हुँदै आएको दुव्र्यवहार बताएका छन् भने यसको ठिक विपरित भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिको छानबीन गरी उमाथि कडा भन्दा कडा कारबाही नचलाई सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय छोड्न आदेश दिएको पाइएको छ ।
विज्ञप्तिमा हाम्रो पार्टी प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिको छानबीन गरी उमाथि कडा भन्दा कडा कारबाहीका साथै भारतका विभिन्न शिक्षण संस्थाहरुमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुका लागि उचित शैक्षिक तथा भौतिक वातावरण बनाइराख्न भारत सरकारसँग जोडदार माग गर्दछ भनिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ तलदिइएको छ :