0 COMMENTS

माघ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

यसअघि सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भएको दिन माघ १८ गते अन्य शीर्ष नेताले सम्बोधन गरे पनि प्रचण्ड बोलेका थिएनन् । आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना रहेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा हालै सरकारले जारी गरेका ६ वटा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।