0 COMMENTS

माघ ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा शनिबार साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको दुई पक्षीयसम्झौता तथा संस्थागत भ्रष्टाचारको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मशाल जुलुस आयोजना गरेको हो ।

आइतबार गरिने विरोध प्रदर्शनको पूर्वसन्ध्यामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गरेको मशाल जुलुस प्रदर्शनको सुइको समेत नपाएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । प्रहरीलाई छक्याउँदै क्रान्तिकारी कम्युनिस्ट नेपालका सयौं नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागि भएका थिए ।

मशाल जुलुसको क्रममा ‘अतिक्रमित भूमि फिर्ता गर, एमसीसी खारेज गर, द्विपक्षीय सम्झौता खारेज गर, दलाल भ्रष्टहरु होशियार, शैक्षिक माफियाहरु होशियार, दलाल भ्रष्ट व्यवस्था मूर्दावाद, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद, महान सहिदहरु लाल सलाम’ लगायतका नाराहरु लगाइएका थिए ।

मशाल जुलुश असनदेखि भेडासिङ हुँदै नरदेवी चोकसम्म गरिएको थियो । मशाल जुलुसको समापन कोणसभासहित गरिएको थियो । पार्टीका काठमाडौं जिल्ला सदस्य बन्धुदेव पाण्डेले मन्तन्य सहित मशाल जुलुश समापन गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भोलि दिनको १२ बजे शान्तिबाटिकाबाट जुलुस निकालेर नगरपरिक्रमा गरी जनवहालमा पुगेर जनसभा गर्ने कार्यक्रमको तयारी गरेको छ । विरोध प्रदर्शनलाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।