0 COMMENTS

पुस २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध गरेका छन् ।

कार्यवाहक महासचिव गौरवले विज्ञप्तिमा भनेका छन्, “गत डिसेम्बर १८, २०२४ मा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल र चिनीया विदेशमन्त्री वाङयीका बीच बेजिङमा भएको ६ सुत्रीय समझदारी प्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । उक्त समझदारीको एउटा बुँदामा कैलाश मान सरोवर तीर्थयात्रा चालुगर्ने र सीमा नदीमा दुई देशीय सहयोगका कुरा उल्लेख गरिएका छन् । त्री–देशीय सिमानामा पर्ने मान सरोबार जाने बाटो र सीमा नदीका सम्बन्धमा नेपाललाई बेवास्तागरी दुई देशले मात्र सहमति गर्नु नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ ।”

कार्यवाहक गौरवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, “हाम्रो पार्टी भारत तथा चीनको यस प्रकारको मिचाहा प्रवृत्तिको वरोध गर्दछ र आउने दिनमा त्री–देशीय सरोकारका विषयमा सम्झौता वा सहमति गर्नु परे नेपाल सहित त्रीपक्षीय वार्ताबाट मात्र होस् भन्ने दुवै छिमेकी देशका सरकारसँग विशेष माग गर्दछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।