पुस १४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले पार्टीका महासचिव किरणको स्वास्थ्य लाभको कामना गरेका छन् । कार्यवाहक महासचिव गौरवले पौष १३ गते एक वक्तव्य जारी गर्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।
कार्यवाहक महासचिव गौरवद्वारा जारी वक्तव्यमा महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । महासचिव किरण केही दिन देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भइ उपचाररत हुनुहुन्छ ।
कार्यवाहक महासचिव गौरवद्वारा जारी प्रेस वक्तव्यको पूर्ण पाठ…