0 COMMENTS

मङ्सिर २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय पुस्तकालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य ‘किरण’ ले दीप प्रज्ज्वलन गरेर पुस्तकालय उद्घाटन गरेका थिए ।

पार्टी संयोजक किरणले मार्क्सवादको अध्ययन र ज्ञान आर्जनका लागि पुस्तकालयको आवश्यकता रहेको बताए । मार्क्सवादको अध्ययन नगरि पार्टीको कार्यदिशा तय गर्न नसकिने, पार्टीमा दुई लाइन सङ्घर्ष सञ्चालन गर्न नसकिने, जीवन र जगतलाई बुझ्न नसकिने हुँदा अध्ययनको आवश्यकता माथि थप जोड दिए । उनले अध्ययनको चलन हराउदै गएको अबस्थामा पुस्तकालय स्थापनाले नेता कार्यकर्ताको अध्ययन बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख राम सिंह श्रीसले क्रान्तिकारी सिद्रान्त विना क्रान्ति सम्पन्न नहुने भएकाले सिद्रान्तको अध्ययनको आबश्यकता रहेको र त्यसको लागि पुस्तकालय आबश्यक रहेको बताए । श्रीसले केन्द्रीय स्कूल विभागले प्रशिक्षणका लागि पाठ्यक्रम तयार गरेको र आगामी दिनमा केन्द्रीय कार्यालयमा पुस्तक बिक्री स्टल राख्न, पुस्तकहरु संकलन गर्ने लगायतका योजना सुनाए ।

कार्यक्रमको अध्यक्षता र स्वागत केन्द्रीय स्कुल विभाग प्रमुख राम सिंह श्रीसले, सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपाली, बरिष्ठ नेता सीपी गजुरेल, केन्द्रीय कार्यालय सदस्य सीताराम तामाङ, केन्द्रीय सल्लाहकारहरू गोबिन्द बहादुर थापा, कमल चौधरीको पनि आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।