0 COMMENTS

वैशाख १६, काठमाडौँ । यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा आरबी लाइपजिगले जित निकालेको छ । बिहीबार लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो । लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरेका थिए । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।

यस्तै प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् । बिहीबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । जहाँ मार्कोस अलन्सोले ६० औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाए लगत्तै दुई मिनेटपछि नै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीले ३३ खेलबाट ६६ अङ्क जोडेको छ भने ३५ खेल खेलिसकेको युनाइटेड ५५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।