मङ्सिर १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।