0 COMMENTS

कात्तिक ६, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको भन्दै विरोध जनाएको छ ।

संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ (International Religious Freedom or Belief Alliance) नामको सञ्जाल बनाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मङ्गलबार वक्तव्यमार्फत् विरोध जनाएको हो ।

धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागू गर्दै विश्वलाई अनावश्यक धार्मिक द्वन्दमा धकेल्ने र राजनीतिक स्वार्थ बढाउने चेष्टा गरेको विज्ञप्तिमा भनिएको छ ।

सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वरले वक्तव्य जारी गर्दै अमेरिकाले अगाडि सारेको धार्मिक नीति नेपाली धर्म संस्कृत र रीतिरिवाजमा समेत हमला गर्न खोजेको बताएका छन् । उनले अमेरिकी कुटिलशैली विरुद्ध कडा विरोध जनाउन सबैलाई अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।