0 COMMENTS

कात्तिक ५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सहसंयोजक जंजीरले एक प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ठगी प्रकारणका सबै अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् ।

कास्कीका सहसंयोजक जंजीरको विज्ञप्तिमा भनिएको छ, “बिगतदेखि कास्कीको पोखरालाई केन्द्रबिन्दु बनाई सहकारी पीडितहरुले गरेको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गम्भीर ध्यानाकर्षण प्रकट गर्दछ भन्ने उल्लेख गर्दै पार्टीले सहकारी पीडितहरुको आन्दोलनलाई ऐक्यवद्धता प्रकट गर्दै कास्की जिल्लामा क्रियाशिल विभिन्न दलहरुसङ्गै संयुक्त दलिय मोर्चामार्फत निरन्तर आन्दोलनमा रहेको पनि अबगत गराउन चाहन्छौं ।”

जंजीरको वक्तव्यमा भनिएको छ, “सहकारीका रकम अपचलन गर्ने अपराधीहरुलाई जुनसुकै मूल्य चुकाएर पनि कानुनी दायरामा ल्याइ कार्बाही गर्न माग गर्दै सहकारी ठगि प्रकरणका सबै अपराधीहरुलाई कानुनी दायरामा ल्याई कारवाही गर्नको लागि समेत जोडदार माग गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।