0 COMMENTS

असोज २८, काठमाडाैँ । दिल्ली विश्वविद्यालय अन्तर्गत रामलाल आनन्द कलेजका पूर्व प्राध्यापक तथा पुर्व राजवन्दी जिएन साईबाबाकाे शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको छ । राति ८:३६ बजे उनकाे निधन भएकाे समाचार स्राेतले जानकारी दिएकाे छ ।

गत महिना उनको पित्त थैली हटाउन शल्यक्रिया गरिएको थियो । शनिबार उनको मुटुले काम नगरेको जटिलताका कारण उनलाई अस्पताल लगिएको थियो। डाक्टरहरूले उनलाई सीपीआर दिए पनि उनको ज्यान बचाउन सकेनन् । त्यसपछि निम्सका चिकित्सकले साईबाबाको निधन भएको घोषणा गरेका थिए । यसअघि जीएन साईबाबालाई सन् २०१४ मा गैरकानूनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत पक्राउ गरिएको थियो। उनीमाथि माओवादी संगठनसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

सन् २०१७ मा, अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो । तर अक्टोबर १४, २०२२ मा, बम्बई उच्च अदालतको नागपुर बेन्चले जीएन साईबाबालाई रिहा गर्‍यो। २४ घण्टाभित्र सर्वोच्च अदालतका न्यायाधीश एमआर शाह र न्यायाधीश बेला त्रिवेदीको विशेष इजलासले उच्च अदालतको फैसला उल्टाएको थियो ।

सर्वोच्च अदालतले साईबाबा र अन्य अभियुक्तहरू ‘राष्ट्रको सार्वभौमसत्ता र अखण्डता विरुद्धको गम्भीर अपराधको दोषी’ भएको बतायो। यस वर्ष मार्च ५ मा, बम्बई उच्च अदालतको नागपुर बेन्चले फेरि एक पटक उनलाई सफाइ दियो । ‘इन्टरनेटबाट कम्युनिस्ट वा नक्सल साहित्य डाउनलोड गर्नु वा कुनै विचारधाराको समर्थक हुनु यूएपीए अपराध अन्तर्गत आउँदै,’ अदालतले भनेको थियो ।

यसपछि साईबाबालाई रिहा गर्ने बम्बई हाईकोर्टको निर्णयको विरुद्धमा महाराष्ट्र सरकारले फेरि सर्वोच्च अदालतमा पुगेको थियो। उनी ५७ बर्षका थिए । पाेलियाेका कारण बाल्यकालदेखि नै उनकाे शरीरका ९० प्रतिशत भाग अशक्त अवस्थामा थिए ।

ह्वीलचेयरकाे सहायताले मात्रै हिड्डुल गर्न सक्ने साइबाबाकाे हृदयघातका कारण निधन भएकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।