0 COMMENTS

असोज २१, काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । संविधान बमोजिम ती दल मङ्सिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकोमा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।