0 COMMENTS

असोज २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय भएको छ । शनिबार बसेको सो सङ्गठनको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पूरा गर्न आगामी २०८१ मङ्सिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोज १० गते उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो । यसअघि सो सङ्गठनको निर्वाचन दसैँ–तिहारपछि राख्न निर्वाचन समितिले पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।