0 COMMENTS

असोज ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । 

एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी दिए । कार्यक्रम उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कँडेल र केन्द्रीय सदस्य थापाले शुभकामना मन्तब्य ब्यक्त गरे ।

कार्यक्रममा पार्टीका सचिवालय सदस्यद्वय श्यामबहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिंह खत्रीको समेत आतिथ्यता रहेको थियो । पार्टीको बिधान अनुसार १५ सदस्स निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेको छ भने बाँकी ७ जना बैकल्पिक जिल्ला समिति सदस्यसहित २८ सदस्सीय जिल्ला समिति हुने सो पार्टीले जनाएको छ ।

त्यसैगरी, निर्वाचित पूर्ण सदस्यको एक तिहाई ७ जनाको सचिवालय र ७ जनाको सल्लाहकार समितिसमेत समितिको बैठकबाट निर्णय गर्ने संयोजक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।