0 COMMENTS

असोज २, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कञ्चनको एकता सम्मेलन सम्पन्न भएको छ । कञ्चन गाउँपालिका संयोजक केजी कुमार शर्माको अध्यक्षता र पार्टी जिल्ला संयोजक दिपक पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न सम्मेलनले मनिराम सापकोटालाई सचिवमा चयन गरेको छ ।

सम्मेलनमा पार्टी जिल्ला कार्यालय सदस्य रमेश, किसान संगठनका प्रतिनिधि गंगा पौडेल, क्रान्तिकारी महिला संगठन नेपाल प्रदेश सदस्य पार्वती पौडेल, वामपन्थी नेता नेत्र नारायण शर्मा र अजयले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन गुलाफ र स्वागत मन्तव्य हाँकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।