0 COMMENTS

असोज १, काठमाडौँ । क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको हो ।  

‘एकातर्फ असोज १२ गतेलाई पत्रकार महासंघको निर्वाचन मिति घोषणा गरिएको छ भने अर्कोतर्फ तिनै सङ्गठनहरुबाट चुनिएका पत्रकार महासङ्घका विभिन्न जिल्लाका अध्यक्षहरूलाई वक्तव्यबाजी गर्न लगाएर घोषित मितिमा चुनाव नगर्ने षड्यन्त्र गरिएको छ । महासङ्घमाथि भइरहेको उक्त नाङ्गो राजनीतिक हस्तक्षेप रोक्न जोडदार माग गर्दछ । यदि यो हस्तक्षेप रोकिँदैन र नेपाल पत्रकार महासङ्घ जस्तो स्वतन्त्र संस्थालाई आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाई नै राखिन्छ भने जनस्तरबाट यो महासङ्घको विकल्प खोज्ने दिशामा अघि बढ्न हामी बाध्य हुनेछौँ’, मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अहिले महासंघमा जुन भद्रगोल र अराजकता देखिएको छ, त्यसको मुख्य जिम्मेवार महासंघको अध्यक्ष मात्र नभएर सिंगो पदाधिकारी टिम र समिति रहेको संगठनले आरोप लगाएको छ । असोज १२ गते हुने महासंघको निर्वाचनको मिति तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।