0 COMMENTS

भदाै २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दैछ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रमलगायत पार्टीको राष्ट्रिय एकता महाधिवेशनका बिषयमा आफ्नो पार्टीको धारणा राख्ना आज दिउँसो ठिक १२ बजे सम्वाद डवली अनामनगर, काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

बिहीबार पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमार्फत पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार सम्प्रेषण गरीदिनेबारे सबै सञ्चारकर्मीहरुलाई निमत्रणा गरेका छन् । साथै उनले आउँदो मङ्सीर १३ गतेदखि २३ गतेसम्म हुन गइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबारे केन्द्रीय प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरिएकोमा उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा यही आउदो मङ्सीर १३ गतेदखि २३ गतेसम्म हुन गइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको केन्द्रीय प्रचारप्रसार समितिले यही भदाै २० गते पत्रकार सम्मेलन कार्यक्रम गर्न गइरहेको जानकारी गराइन्छ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रम लगायत पार्टीको राष्ट्रिय एकता महाधिवेशनका बिषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पत्रकार सम्मेलनमा पत्रकारहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।