0 COMMENTS

भदौ ९, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।

बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको बताए । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि भरतपुर पठाइएको उनले बताए । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौँ पठाइएको उनले बताए । बसमा ३५ जना यात्रु रहेको बताइएको छ । अहिले नारायणगढ मुग्लिन सडकखण्ड दुइतर्फीनै सुचारु छ ।

घाइतेहररूको नामावली : –

१.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष ४० की तारा भट्ट सामान्य ।

२.जि.कैलाली चिसापानी न.पा.३ बस्ने बर्ष २३ की हरिकला थापा सामान्य ।

३.जि.कैलाली चिसापानी न.पा.३ बस्ने बर्ष १९ को कैलाश वि.क.सामान्य ।

४.जि.कैलाली चिसापानी न.पा.३.बस्ने बस्ने बर्ष २७ की कृष्णा वि.क.सामान्य ।

५.जि.कैलाली चिसापानी न.पा.३.बस्ने बर्ष ३५ की जयन्ती बि.क.मध्यम ।

६.जि.कन्चन्पुर भिमदत्त न.पा.८ बस्ने बर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।

७.जि.कन्चनपुर कन्चनपुर न.पा.३ बस्ने बर्ष २३ को समिदेवल राना मध्यम ।

८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने बर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।

९.जि.बझाङ बित्थडचिर गा.पा ४ बस्ने बर्ष २२ को बसन्त बोहोरा मध्यम ।

१०.जि.कन्चनपुर भिमदत्त न.पा.१७ बस्ने बर्ष ३४ को धरम खड्का सामान्य ।

११.जि.कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष २० को दिपेश भट्ट सामान्य ।

१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने बर्ष २३को लक्ष्मण बम मध्यम ।

१३.जि.कन्चनपुर भिमदत्त न.पा.९ बस्ने बर्ष २५ को भिमसेन सार्की सामान्य ।

१४.जि.बैतदी दशरतचन्द न.पा.२ बस्ने बर्ष ३७ को जनक बिजाली सामान्य ।

१५.जि.कन्चनपुर भिमदत्त न.पा.४ बस्ने बर्ष २३ को विनोद सार्की सामान्य ।

१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने बर्ष ३३ को देव बहादुर भुल सामान्य ।

१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने बर्ष २५ को बिपिन न्यौपाने मध्यम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।