0 COMMENTS

वैशाख ११, काठमाडौँ । काठमाडौँ जिल्लाको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ५ : ३० बजे बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटनामा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान ६ : १५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।