0 COMMENTS

भदाै ४, काठमाडौँ ।  सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।

अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’

अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठि तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ । भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।