0 COMMENTS

भदाै ३, काठमाडौँ । बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ । उनीहरु केही समान्य घाइते भएका छन् ।

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति राति १ बजे वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो ।

पहिरोले पुरिएर मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।