0 COMMENTS

साउन ३२, धनगढी । डोटीको दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । सो दुर्घटनामा डडेल्धुरा गन्यापधुरा गापा-२ रिठा बस्ने २३ वर्षीय सविता देउवा, डोटी दिपायल सिलगढी नपा-६ थाप्ला बस्ने २९ वर्षीय भोजराज धामी, डोटी सायल गापा-४ गौरीगाउँका ८२ वर्षीय तेजबहादुर सिंह, डोटी आदर्श गापा-४ का ३० वर्षीय कृष्ण विष्ट, ३८ वर्षीय सन्तोष बोहरा, शिखर नपा- १० वान्डुङग्रीसैन बस्ने ३५ वर्षीय  भरत रावत, ४० वर्षीय  डम्मरीदेवी खड्का, ३८ वर्षीय  दिलबहादुर नेपाली, ६५ वर्षीय हर्कबहादुर सिंह,  ४२ वर्षीय  कमल विक्रम शाही, २९ वर्षीय भेषराज धामी २३ वर्षीय प्रकाश खड्का २१ वर्षीय हिक्मत बिक, ३५ वर्षीय  देवबहादुर बोगटी, ५६ वर्षीय लाल वीरे भूल र डोटी सायल गापा- २ बस्ने ४० वर्षीय दलबहादुर बयाडी घाइते भएको प्रहरीले जनाएको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।