0 COMMENTS

साउन ३०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक १३ मंसिरमा भव्य रूपमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य ‘किरण’ को अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले मंसिर १३ को महाधिवेशनलाई लक्षित गर्दै आर्थिक व्यवस्थापन, प्रचार प्रसार लागतसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा पार्टीका संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरूले गैरमार्क्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा आलोचना र भण्डाफोर गरिएको थियो ।

बैठक चलिरहेको बेला पार्टीका विरुद्ध गुटबन्दीमा लागेका तीनजना सचिवालयका सदस्यलाई कारबाही गरिएको थियो । अवसरवादी, संशोधनवादी र प्रतिक्रियावादीहरूको चर्को घेराबन्दीहरूलाई पराजित गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्ने उद्घोष गरेको छ ।

आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढङ्गले पार्टीलाई सुदृढ, एकताबद्ध र जुझारु रूपमा अगाडि बढाउने पनि संकल्प गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।