0 COMMENTS

साउन २७, काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार अपराह्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिएका थिए । त्यस्तै भेटका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।

मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गरेका छन् । सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।