0 COMMENTS

साउन २५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् । घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आज दिउँसो साढे १ बजे प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । चार वर्षे कार्यकाल पूरा हुन अब एक वर्ष बाँकी छ । 

शुक्रबार दिउँसो साढे १ बजे प्राधिकरणको कार्यालयमा हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । 

लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।