0 COMMENTS

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा आयोजक नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो। बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ । भारतले दोस्रो, चौथो र पाँचौँ सेट जित्दै उपाधि हात पारेको हो ।

भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।