0 COMMENTS

साउन २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर जाने भएका छन् । प्रधानमन्त्री ओली फाइलन खेल हेर्न अपराह्न सवा ४ बजे नै त्रिपुरेश्वर पुग्ने जनाइएको छ ।

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो । भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च देखिन्छ ।

यसअघि लिग चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।