0 COMMENTS

साउन १८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार बजेट पास गर्‍यो, तर नीति तथा कार्यक्रम आएन । उपकुलपति प्रा.डा.केशरजंग बरालले दोस्रो सत्रमा नीति तथा कार्यक्रम पेस गर्न खोजेका थिए । तर कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रोके ।

त्यसपछि नीति कार्यक्रम विना नै बजेट पास भयो । त्रिवि सभामा पेस हुन नपाएको नीति तथा कार्यक्रम अनलाइनखबरले प्रकाशित गरेको छ । जसमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझाव अनुसार विश्वविद्यालय पुनर्संरचना गर्ने प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको नीति तथा कार्यक्रममा अनुगमन, गुणस्तर नियन्त्रण र सुशासन कायम गर्ने उल्लेख छ । पाठ्यक्रम विकास केन्द्रको भूमिकालाई पुनरवलोकन गरी पुनर्संरचना गरिने र समकक्षता प्रमाणपत्र दिने प्रक्रियालाई सरल र व्यावहारिक बनाउने बताइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।