0 COMMENTS

साउन १, इटहरी । सुनसरीकाे वर्जु गाउँपालिका वडा नं १ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे एक भेलाले सन्दिप ऋषिदेवकाे अध्यक्षतामा ९ सदस्यीय सेल कमिटि गठन गरिएकाे छ । जसमा सदस्यहरुनारायण ऋषिदेव, रामप्रसाद ऋषिदेव, खर्कुट,सञ्जय,कासिनाथ,विजय,भरत, लारिक ऋषिदेव रहनुभएकाे छ ।

उक्त भेला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सुनसरी सह- संयाेजक एवं केन्द्रीय सल्लाहाकार सदस्य कमरेड पारस लिम्वु , पार्टी प्रदेस सदश्य क. देव मुण्डा ,पार्टी प्रदेश सदश्य एवं क्रान्तिकारी महिला संगठन नेपाल सुनसरी संयाेजक क. निरु पाेख्रेलकाे उपस्थितमा सम्पन्न भएकाे थियाे । यसैबीच, गत २०८१ जेष्ठ २४ गते सुनसरीकाे वर्जु गाउपालिका १ वुधवारेमा हरिलाल ऋषिदेवकाे सामुहिकरुपमा जगन्य हत्या भएकाे र उक्त हत्या जागेश्वर यादव समेत १५ जनाकाे संलग्नता रहेकाे घटनाकाे बारेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थलग अध्ययन गरेकाे छ ।

श्रावण २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १ न प्रदेश संयाेजक कामरेड सरल, केन्द्रीय सदस्य बालकृष्ण सुवेदी, प्रदेश सदस्य देव मुण्डा, पार्टी का केन्द्रीय सल्लाहकार सदस्य एवं सुनसरी सह संयाेजक पारस लिम्वु र क्रान्तिकारी महिला संगठन नेपाल सुनसरी संयाेजक निरु पाेख्रेलसहितकाे टाेलीले अध्ययन गरी दाेषीमाथि कारबाही गर्न जाेडदार माग गरिएकाे छ । टाेलीले प्रशासन समक्ष गई दाेषिहरुलाई कार्वाही गरी पीडितलाई न्याय दिन दबाब दिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।