0 COMMENTS

असार २७, काठमाडौँ । मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

खेलको २३औँ मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए । खेलको ५१औँ मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोपछि दोस्रो नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।