0 COMMENTS

असार १९, काठमाडौँ । क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघबीच एकता अधिवेशन सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा मंगलबार सम्पन्न भएको अधिवेशनले अम्बिका मुडभरीको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

एकता अधिवेशनबाट दुवै संगठनको एकतापछि संगठनको नाम क्रान्तिकारी महिला संगठन राखिएको छ भने संगठनको सहसंयोजकमा शारदा महत, अन्जना तामाङ र मनु विकलाई चयन गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयोजक सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता अधिवेशनले सातवटै प्रदेशका संयोजक र सहसंयोजक पनि चयन गरेको छ । जस अनुसार प्रदेश १ को संयोजकमा अम्बिका रेग्मी, सहसंयोजकमा राधा खतिवडा, निरु पोखरेल, प्रदेश २ को संयोजकमा नरमाया मगर, सहसंयोजकमा यशोदा माझी, प्रदेश ३ को संयोजकमा धनमाया निरौला, सहसंयोजकहरुमा मधु श्रेष्ठ, विमला भण्डारी, दुर्गा सुवेदी, कल्पना सुवेदी, प्रदेश ४ को संयोजकमा लक्ष्मी खड्का, सहसंयोजकमा देवी थापा र गीता सापकोटा, त्यसैगरी प्रदेश ५ को संयोजकमा तेजकुमारी थापा, सहसंयोजकहरुमा निमकला पुन, विमा भट्टराई, लक्ष्मी न्यौपाने, प्रदेश ६ को संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कमला खड्का र कैला विष्ट र प्रदेश ७ को संयोजकमा पार्वती सिंह, सहसंयोजकमा मिना बढाल र लक्ष्मी विक रहेका छन् ।

अधिवेशनले भदौमा पूर्ण बैठक बसेर सचिवालय निर्माण गर्ने पनि निर्णय गरेको छ । एकता अधिवेशनमा संगठनकी सहसंयोजक अन्जना तामाङले प्रतिवेदन र विधान प्रस्तुत गरेकी थिइन् । आवश्यक छलफलसहित विधान र प्रतिवेदन पारित गरिएको थियो ।

संगठनकी संयोजक अम्बिका मुडभरीको अध्यक्षता र सहसंयोजक शारदा महतको सञ्चालनमा सम्पन्न एकता अधिवेशनमा पार्टीका सहसंयोजक सन्तबहादुर नेपाली, सल्लाहकार सुर्या थापा र स्वास्थ्यकर्मी संगठनकी संयोजक इन्दिरा अधिकारीले अधिवेशन सफलताको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।