0 COMMENTS

काठमाडौँ । “पुष्पलालको नीतिलाई अवलम्वन नगरी कम्युनिष्ट आन्दोलनले सही दिशा र गति लिन नसक्ने तथा जनता र राष्ट्रका समस्या पनि हल हुँदैनन् । देशको विगतदेखि अहिलेसम्मको वस्तुगत स्थितिले यही यथार्थ प्रष्ट पारेको छ ।” शनिबार काठमाडौँमा आयोजित क. पुष्पलाल जन्म शतबार्षिकी उद्घाटन समारोहमा बोल्नुहुने वक्ताहरुले यो यथार्थ औंल्याउनु भएको छ ।

कमरेड पुष्पलालका भाइ बिजयलालले सच्चा अनुयायीहरुले पुष्पलालका चिन्तन, चरित्र, व्यवहार र सिद्धान्तलाई सही ढंगले अघि बढाउन सके कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छन् भन्नु भयो । पुष्पलाल जन्म शत बार्षिकी समारोह समितिको अध्यक्षको आसनबाट बोल्नु हुँदे नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष कमरेड भिमप्रसाद सेढाईंले विश्व कम्युनिष्ट आन्दोलनका प्रणेता कार्ल माक्र्स.र लेनिनलाई जसरी लखेटेका थिए कमरेड पुष्पलाललाई पनि नेपालमा त्यसरी नै लखेटे भन्ने उदाहरण दिनु हुँदै तर क. पुष्पलालले आफ्नो क्रान्तिकारी सत्य निष्ठा र सिद्धान्तको बाटो कहिल्यै नछोडेको बताउनुु भयो ।

पुराना कम्युनिष्ट तथा किसान आन्दोलनका नेता कमरेड नन्दन अर्यालले प्रमुख अतिथिकोे आसनबाट बोल्नु हुँदै क.पुष्पलालको सही नीतिका वरिपरी गोलबन्ध नभए कम्युनिष्ट आन्दोलन अघि बढन सक्तैन भन्नु भयो । उहाले कम्युनिष्टहरु ढाट्छल गर्ने नभई इमानदार र पारदर्शी हुन पर्दछ । देश र जनता लुट्ने र धोका दिने भ्रष्ट कार्य गर्नेहरु कोही पनि कम्युनिष्ट होइनन् र कदापि हुन सक्तैनन् भन्नु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता क. रामबहादुर बुढाले क.पुष्पलाल आज सबैका मान्य बैचारिक नेता ठहरिए पनि उहाँको बिचारलाई कसले सही किसिमले ग्रहण गर्छ र अघि बढ्छ त्यो बिचारणीय पक्ष छ । ओठे भक्तिले पुष्पलालको अनुयायी हुन सकिदैन भन्नु भयो । उहाँले सही कम्युनिष्टहरु ध्रुबीकरण र एकीकरणको दिशामा नलागी सुखै छैन भन्ने कुरामा जोड दिनुभयो ।

अखिल नेपाल कम्युनिष्ट पार्टी एकता सयोजन समितिका नेता पुष्कर गौतमले हिजो पुष्पलालको सही नीतिलाई हमला गर्नेहरु पछि हटेपनि पुष्पलालको नीतिबाट ती कोशौं दुर गलत बाटो हिडिरहेको हुनाले नै हामीले राष्ट्रिय क्रान्तिकारी मोर्चा बनाउनु परेको र क्रान्तिकारी कम्युनिष्टहरुका बिच एकाताको खोजी गर्नु परिरहेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट एकता वर्षको रुपमा कमरेड पुष्पलालको यो जन्म शत बार्षिकी मनाउन सक्यौं भने यो क्रान्तिकारी दिशामा एउटा फलदायी कार्य हुन्छ भन्नु भयो । उहााले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएका उतार चढावको पनि चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा नेकपाका सचिवद्वय क.महेन्द्र जोशी र क.रामदुलार महतो, कोषाध्यक्ष क.सीता सुबेदी र सचिावालय क चन्दु्रदेव रामले पनि बोल्नु हुँदै क. पुष्पलालको सही नीति नै क्रान्तिकारी कम्युनिष्टहरुका एकताको मूल आधार हो । प्रतिगमनकारी शक्ति र साम्राज्यबादी शक्तिसँग साँठगाँठ र सौदाबाजी गर्नेहरुसँग एकताको कुरा गर्नु केवल देश र जनतालाई धोका मात्र हो भन्ने कुरा उहाँहरूले ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका बीचमा क. पुष्पलाल जन्म शतबार्षिकीको सम्मान गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट गीतका साथ १०० झण्डा एकसाथ उठाएर कमरेड पुष्पलालप्रति उच्च सम्मान प्रकट गरिएको थियो भने उहाँको सम्मानमा प्रकाशित २०८१ सालको क्यालेण्डर सार्वजनिक पनि गरिएको थियो।
साम्राज्यबाद बिरोधी तथा सामन्तबाद बिरोधी नेपाली जन आन्दोलनमा शहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति सम्मान प्रकट गर्दै शुरु भएको कार्यक्रममा ललिता राईले ‘स्वागत गर्छाैं हामी जनताका योद्धाहरुलाई’ भन्ने स्वागत गीत गाउनु भएको थियो भने कार्यक्रमको बीचमा क. अमरदेव पासवानले नेपाली किसान मजदुरका पीडा दर्शाउदै मार्मिक भोजपुरी गीत सुनाउनु भएको थियो ।

कार्यक्रमका बीचमा नै ८० बर्ष नाघेका बयोबृद्ध कमरेडहरुलाई कमरेड पुष्पलाल अंकित लकेट र नेपाली खादा लगइदिएर सम्मान प्रकट गरिएको थियो । सम्मानित हुने कमरेडहरुमा नन्दन अर्याल, बारा, बिजयलाल श्रेष्ठ, काठमाण्डौ गोपाल पोखरेल, गुल्मी र शिवहरि घिमिरे सिन्धुली हुनुहुन्थ्यो ।

कार्यक्रमकै बीच बिभिन्न बाम तथा लोकतान्त्रिक पार्टी छाडेर बिभिन्न जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएका १४ जना कमरेडहरुलाई कमरेड पुष्पलाल अंकित लकेट लगाइदिएर कार्यक्रमका अध्यक्ष क. भिमप्रसाद सेढाईले स्वागत गर्नु भएको थियो । कमजोर स्वास्थ्य र अशक्तताका कारणले कार्यक्रमका संयोजक कमरेड बयोबृध्द शिव भटराई भने यो समारोहमा उपस्थित हुन सक्नु भएन । तर उहाँले कार्यक्रमको पूर्ण सफलताको शुभ कामना दिनु भएको थियो । समारोहमा उहाँको सुस्वास्थ्यको कामना गरिएको थियो ।

शनिबार बिहान क.पुष्पलालको सम्मानमा पदयात्रा र पर्चा बितरण पनि गर्दै कोटश्वर परिक्रमा पनि गरिएको थियो । पार्टीका केन्द्रिय सदस्य क. प्रबीण जोशीको सौजन्यतामा प्रकाशित पर्चामा कमरेड पुष्पलालको योगदान बारे चर्चा गर्दै शतबार्षिकी सफल पार्न आह्वान गरिएको छ । पद यात्रामा कमरेड पुष्पलाल अमर रहुन्, नयाँ जनवादी क्रान्ति जिन्दाबाद, माम्र्सवाद लेनिनवाद, माओविचारधारा जिन्दाबाद, सामन्तवाद साम्राज्यवाद मूर्दावाद, विश्वका सम्पूर्ण श्रमजीवी जनता एक होऔं, मजदुर किसान एकता जिन्दवाद, क. पुष्पलाल जन्म शत वार्षिकी कार्यक्रम सफल पारौं भन्ने नारा लगाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।