0 COMMENTS

असार २, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) चितवनबीच जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको सप्तगण्डकी क्याम्पसमा सम्पन्न अधिवेशनले संयोजकमा धननाथ सापकोटा ‘विकास’ र सहसंयोजकहरू दुर्गाप्रसाद सुवेदी ‘विजय’, शिव गौतम ‘रणदीप’ र कुलप्रसाद रिजाल ‘जगत’ रहनेगरी ८५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सुरेश श्रेष्ठ ‘प्रवेश’ रहेका थिए भने अतिथिहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज भीमबहादुर खड्का ‘ध्रुव’, अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार भुमिश्वर कँडेल, बलराम रावत, दिवाकार न्यौपाने, बाबुराम परियार र कमल गिरी रहेका थिए । यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर प्रदेशका सल्लाहकार समिति सदस्य नरबहादुर गौतम, चितवन जिल्ला सल्लाहकार समितिका संयोजक इश्वरी ओझा र सहिद परिवारबाट खड्कबहादुर कुँवर अतिथिका रूपमा रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सुरेश श्रेष्ठ ‘प्रवेश’, अतिथिहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज भीमबहादुर खड्का ‘ध्रुव’ र अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीको जिल्ला एकता अधिवेशन तथा बैठकको औचित्यबारे प्रष्ट पार्दै प्रशिक्षणमूलक मन्तव्य राखेका थिए भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सहसंयोजक कुलप्रसाद रिजाल ‘जगत’ ले एकता अधिबेशनको सफलताको शुभकामनासहित स्वागत मन्तव्य राखेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक धननाथ सापकोटा ‘विकास’ को अध्यक्षतामा सम्पन्न जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठकको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला सहसंयोजक दर्गाप्रसाद सुवेदीले गरेका थिए भने स्वागत कुलप्रसाद रिजाल ‘जगत’ ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।