0 COMMENTS

असार २, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा शनिबार आगामी बजेट प्रस्तुत गरेका हुन् ।

कुन क्षेत्रमा कति बजेट ?

कोशी प्रदेश सरकारले पूर्वाधारका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषिमा २ अर्ब ६७ करोड, खानेपानी तथा ऊर्जामा ४ अर्ब ७६ करोड, स्वास्थ्यमा ३ अर्ब ५८ करोड, सामाजिक क्षेत्रमा १ अर्ब ५८ करोड बजेट, पर्यटन, वन तथा वातावरण २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन अनुमान छ ।

शान्ति सुरक्षा, सूचना तथा सञ्चारका लागि १ अर्ब ३ करोड रुपैयाँ छुट्याएको छ । मन्त्री मगरले कृषि क्षेत्रमा धानको बीऊको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ । 

कोशी प्रदेश सरकारको बजेट पूर्णपाठ….

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।