0 COMMENTS

असार १, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न एमाले सरकारमा गएको बताएका छन् ।

शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताएका हुन्।

ओलीले भने, ‘एक दुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठिक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर, हामी सरकारमा छौँ भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौँ । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? ’

ओलीले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न समेत आग्रह गरे । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न समेत आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।