0 COMMENTS

जेठ ३२, भरतपुर । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा त्रिशुली नदी किनारमा बस खसेको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

आज बिहान ७ः२५ बजे नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट गइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो । बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जनाको उपचारका लागि भरतपुर ल्याइएको छ । बसमा ३५ जना र कारमा ५ जना सवार थिए । अन्य यात्रु शकुसल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।