0 COMMENTS

जेठ ३१, काठमाडौँ । लामो समयको प्रयासपछि अब बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ (सीसीजीपी) को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको हो ।

सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो ।

यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ ।

जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८.१७ टाका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।