0 COMMENTS

जेठ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २९ गते (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर बढ्दा युरो सामान्य घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा र बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।