0 COMMENTS

जेठ २९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी,  नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता –१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी जिल्ला सहसंयोजकद्वय गणेशबहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्षलाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने समय आएको बताउनुभयो ।

कार्यक्रम सुस्ता पालिका संयोजक गोबिन्दबहादुर साठिघरे मगरको अध्यक्षता पालिका इन्चार्ज रामचन्द्र पोखरेलको संचालन र सोम बहादुर बिकको स्वागतमा भएको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा लगायत अतिथी रहनुभएको थियो । एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले गोबिन्दबहादुर साठिघरेको संयोजकत्वमा १५ सदस्यीय सुस्ता गाउँ समिती निर्वाचित गरेको छ । जसको सहसम्योजकद्व्यमा चन्द्रबहादुर सुनार र सोमबहादुर बिक रहनुभएको छ । जस अन्तर्गत ३ सदस्यीय गाउँ पार्टी कार्यालय र ५ सदस्यीय गाउँ कमिटीको सचिवालय समेत गठन गरिने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।