0 COMMENTS

जेठ १९, काठमाडौँ । आज २४औँ विश्व दुध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन : दुग्ध व्यवसायको प्रबर्द्वन’ भन्ने नारासहित यो वर्ष विश्व दूध दिवस मनाइँदै छ । हरेक वर्ष जुन १ तारिखको दिन विश्व दूध दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने सन् २०११ देखि दिवस मनाउन सुरु गरिएको हो । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पुर्‍याउने योगदानलाई ध्यानमा राखेर दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले कार्यक्रम गर्दैछन् ।

सरकारी तथ्यांकअनुसार देशभर दैनिक झण्डै ७० लाख लिटर दुध उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।