0 COMMENTS

जेठ १८, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको नेतृत्व तथा अन्य प्रेस सम्बद्ध संघ संगठनलाई विचार र आस्थाको आधारमा कसैलाई पनि वाइपास नगर्न चेतावनी दिनुभएको छ ।

जेठ १६ गते जारी गरिएको वक्तव्यमा भनिएको छ, “आगामी जेठ २६ गते नेपाल पत्रकार महासंघको चुनाव तोकिसकेको अवस्थामा चुनावको तयारीमा लाग्नुपर्ने समयमा पत्रकारहरुसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले पत्रकार महासंघको केन्द्र र प्रदेश तथा जिल्लाहरुमा गरेको तालाबन्दी र आन्दोलनहरुबारे हाम्रो संगठन कान्तिकारी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको आगामी निर्वाचनको पूर्वसन्ध्यामा देखा परेको सदस्यता शुद्धिकरण विवाद समयमै टुङ्ग्याएर निर्वाचन निर्धारित समय अवधिमै होस् भन्ने हाम्रो संगठनको धारणा छ । निर्वाचनलाई सदस्यता शुद्धिकरणको बहाना बनाई सार्ने वा निर्वाचन सम्बन्धि कार्यक्रमलाई प्रभावित गर्ने प्रयास कहीँ कतैबाट गरिनु हुँदैन ।

पत्रकार महासंघले आफ्नो बिधि बिधानको पालना गर्दै संस्थालाई स्वतन्त्र श्रमजीवी पत्रकारहरुको साझा संस्थाको रुपमा आफुलाई उभ्याउन सदस्यता शुद्धिकरणमा पारदर्शिता कायम गर्ने छ भन्ने विश्वास ब्यक्त गर्न चाहन्छौ । गैर पत्रकार र अन्य पेशामा आबद्ध अनाधिकृत सदस्यहरुलाई हटाएर विशुद्ध पत्रकारितामा क्रियाशील एवम् श्रमजीवी पत्रकारहरुको छाता संस्थाका रुपमा महासंघलाई स्थापित गर्न थालिएको सदस्यता शुद्धिकरण अभियान आफैमा एकदम सकारात्मक भएकाले त्यस कार्यलाई कुनै पनि बहानामा कसैसंग सौदाबाजी नगरी शुद्धिकरण मापदण्ड अनुसार नै अगाडी बढोस् । विवाद देखिएका ठाउँमा तत्काल समाधानको बाटो अवलम्वन गरी वास्तविक पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गर्ने गैरजिम्मेवार कार्य तत्काल रोकियोस् र गैर पत्रकारहरुलाई तुरुन्त बिनासर्त महासंघबाट हटाउने कार्यलाई पूर्णता दिइयोस् ।

यस्तै काठमाडौँ लगायत कतिपय साखाहरुमा सदस्यता विवाद कायम रहेको बहाना बनाई नयाँ आवेदक पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गरी मतदानको अधिकारलाई समेत कुण्ठित गर्न खोजिएको देखिन्छ, यस्ता खाले बिबादलाई तुरुन्त हल गरी जिल्ला साखाले प्रदेशलाई सिफारिस गरेका सदस्यहरुको छिनोफानो छिटोभन्दा छिटो गरिनुपर्छ ।

यता महासंघको चुनावको पूर्वसन्ध्यामा आफुलाई ठुला बताउने कथित केही संगठनले फेरी पनि महसंघमा आफ्नो सिण्डीकेट लागु गर्न सबै पत्रकार र पेशागत संघसंगठनलाई वाइपास गर्न खोजिएको आभास भएको छ । कुनै पनि संगठनले राख्ने उसको आस्था र बैचारिकीका आधारमा कसैलाई वाइपास नगरी महासंघजस्तो साझा संस्थामा सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने बातावरण बनाउन तत्काल सर्बपक्षीय बैठकको आयोजना गरी निर्वाचन सम्बन्धि कार्यक्रम सार्बजनिक गर्न महसंघलाई हार्दिक अपिल गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।