0 COMMENTS
जेठ १६, ललितपुर । पशु सेवा कार्यालय, ललितपुुर, बागमती प्रदेशद्वारा आयोजित “विश्व दूध दिवश – २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको छ । 
 
“दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने नाराका साथ विश्व दूध दिवस २०८१, सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम अनुसार  पहिलो दिन मंगलबार पत्रकार भेटघाट कार्यक्रम र भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्धा बाआमालाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुग्धजन्य परिकार वितरण गरिएको थियो । 
पशुसेवा कार्यालय, ललितपुरका प्रमुुख डा. नितेश कार्कीको अध्यक्षता एवं द्योमां जगत आश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवाको प्रमुख अतिथित्वमा एक कार्यक्रमकाबीच सो दूध तथा दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो । 
 
१५ गतेदेखि २१ गतेसम्म चल्ने सप्तहाव्यापी कार्यक्रम अनुसार मंगलवार बिहान ‘‘ विश्व दुध दिवस –२०८१ को अवसरमा सव्ताहव्यापी दुग्धजन्य पर्दाथ उपभोग प्रवर्दधन कार्यक्रम’’ संचालन गर्ने सन्दर्भमा आयोजीत पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 
 
कार्यक्रममा पशुसेवा कार्यालय, ललितपुरका प्रमुख डा. नितेश कार्की, कार्यालयका अधिकृत कृष्णबहादुर कार्की, कार्यालयकी सूचना अधिकारी डा. सुशिला श्रेष्ठ, पशु विकास तालिम केन्द्र, ललितपुरका प्रमुख वासुदेव नाथ, पत्रकार प्रविण जोशी लगायतकाले बोल्नु भएको थियो ।
 
पत्रकार भेटघाट कार्यक्रममा डा. नितेश कार्कीले नेपालमा दूध उत्पादनको अवस्था, बागमती प्रदेशको अबको योजना, सप्ताहव्यापी कार्यक्रमको विवरण, लगायतको बारेमा बोल्नुभएको थियो । 
दूधको महत्व (Impotrance of Milk)
 पौष्टिकताको दृष्टिकोणले दूध एक सर्बोत्तम र सन्तुलीत आहारा हो, जुन वालक, वृद्ध, रोगी, सबैको लागि महत्वपूर्ण हुन्छ ।
 दूधबाट अति स्वादिष्ट परिकारहरु (बिभिन्न मिठाईहरु) बनाउन सकिन्छ ।
 दूधको सामाजिक र धार्मिक महत्व पनि छ । 
 आयआर्जनमा बृद्धि हुन्छ ।
 रोजगारीका औसर सृजना हुन्छ । ( १० देखि २० लिटर दूध उत्पादन तथा प्रशोधन तथा बजारीकरण बाट १ जनालाई रोजगारी प्राप्त हुन्छ )
 खाद्य सुरक्षामा शहयोग पुग्दछ ।
 आयात प्रतिस्थापन गर्न सकिन्छ ।
सफा दूध उत्पादनको महत्व :
 सफा दूध उपभोक्ताहरुले सहज रुपमा स्विकार गर्ने र स्वस्थ्य रहन सहयोग पुग्दछ ।
 सफा दूधको गुणस्तर लामो समय सम्म कायम रहने र ढुवानीको लागि समय बढि पाउने ।
 सफा र स्वच्छ दूध उत्पादनले दूधको माध्यम बाट सर्ने जुनोटिक रोग फैलिन पाउदैन ।
 सफा र स्वच्छ दूध उच्च मुल्यमा बिक्रि हुने र बजारी करणमा समस्या नहुने ।
दूध उपलब्धताको अबस्था
 बार्षिक उपल्ब्धता को अबस्था : २५६६६१४ मे.टन
 प्रति ब्यक्ती प्रति दिन आबश्यकता २५० एम.एल.का दरले बार्षिक आबश्यकता ९१.२५ लिटर
 कुल जनसंख्या : २९१६४५७८
 बार्षिक दूधको आबश्यकता : २६६१२६८ मे.टन
 नपुग हुने दूधको परिमाण : ९४६५४ मे.टन अर्थात करिब ४ प्रशितले कमि रहेको छ ।
 बागमती  प्रदेशमा १०,९९,५६० गाई तथा ८,९६,२१३ भैंसी रहेको छ ।
 वार्षिक दुध उत्पादनः ४,५५,१४१ मे.टन (२०७८/२०७९)
बागमती प्रदेशको आवधिक योजनामा २०७६/२०७७ – २०८०/२०८१)
ड्ड बागमती प्रदेशको आवधिक योजना अनुसार २०८०/२०८१ सम्ममा ४४००५१ मे.ट दूध उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएकोमा २०७७/२०७८ मा नै यो लक्ष्य पुरा भएको देखिन्छ ।
ड्ड तर प्रति व्यक्ति औषत दुधको आवश्यकतामा हामी अझै १ट%ले अपुग छौ ।
ड्ड नेपालमा यस वर्षको विश्व दूध दिवस २०८१ को नारा  दूध क्षेत्रको विकास, आर्थिक समृद्धिको आधार  भन्ने रहेको छ ।
ड्ड विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जिविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूध उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्व दूध दिवस सन २००१ देखि र नेपालले सन २०११ देखि मनाउदै आएको छ ।
ड्ड पशु सेवा कार्यालय, ललितपुरले 
विश्व दुध दिवस २०८१ को अवसर पारी सप्ताहाव्यापी रुपमा (मिति २०८१ जेष्ठ १५ देखि जेष्ठ २१ गते सम्म) दुद्यजन्य पदार्थ उपभोग प्रवर्द्धन कार्यक्रम यस कार्यलयको कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालय, जेष्ठ नागरिक आश्रम र बाल आश्रममा मनाउने उद्देश्य रहेको छ ।
जसको उद्देश्य रहेको छ…….
दैनिक गुणस्तरीय दूध पिउन पर्छ भन्ने जनचेतना वृद्धि गर्न प्रचार प्रसार गर्ने      
दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने 
दुध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।