0 COMMENTS

जेठ १४, पोखरा ।  सहकारी ठगहरुको विरुद्ध, पिडित वचत कर्ताहरुको पक्षमा कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको संयुक्त आयोजनामा पोखराको सृजनाचोकमा जम्मा भई भव्य जुलुस र नारा लगाउँदै जन प्रदर्शन सहितको विरोध सभा सम्पन्न भएको छ । पोखराको मुटु लखनचोक (पृथ्वीचोक) मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज केशबहादुर परियारको अध्यक्षतामा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

कास्की जिल्लामा सञ्चालित रहेका सुर्यदर्शन वचत तथा ऋणर् सहकारी संस्था लिमिटेड, इमेज वचत तथा ऋणर् सहकारी संस्था लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी लिमिटेड, मित्र मिलन वचत तथा ऋणर् सहकारी संस्था लिमिटेड, बिन्धवासिनी वचत तथा ऋणर् सहकारी संस्था लिमिटेड, प्राईम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतका केही सहकारीहरुबाट रकम अपचलन भएको र सञ्चालकहरु अकूत रकम लिएर फरार भैरहेको अवस्थामा वचतकर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता नपाउने अवस्था देखिएको छ । उक्त सहकारी वचत रकम अपचलनमा राज्यका उच्च पदस्थ जिम्मेवार व्यक्तिहरु नै प्रत्यक्षरुपमा संलग्न भएका यथेष्ट प्रमाणहरु भेटिएकाले कास्की जिल्लामा क्रियाशिल रहेका राजनीतिक दलहरु विरोध कार्यक्रम गर्न वाध्य भएको करा बताई रहेका छन् ।

राजनीतिक दलहरुले सम्पूणर् पिडीत वचतकर्ताहरुको वचत रकमको रक्षा, अविलम्ब उनीहरुको वचत रकम फिर्ता, नियम अनुसार सन्चालित सहकारीहरुको रक्षा र पिडीत र आन्दोलित वचतकर्ताहरुको भौतिक सुरक्षाको समेत माग गरेका छन् ।

कास्कीमा देखा परेका समस्याग्रस्त सहकारीहरुका कारण हजारौ बचतकर्ता, ऋणीहरु पिडित हुन पुगेका छन् । नियम पुर्वक सहकारी सिद्धान्त र भावना अनुसार सन्चालित सहकारीहरु पनि अप्ठ्यारोमा परेका छन् । हजारौं बचतकर्ताको अरबौं रकम संकटमा परेको छ भने देशमा बित्तिय अराजकता सृजना भई समग्र अर्थव्यवस्था नै धरापमा पर्न सक्ने स्थिति सृजना भएको छ । राज्यको नीतिगत कमजोरी, फितलो अनुगमन र नियन्त्रण, उदासिन व्यवहारका कारण पिडितहरु भोकभोकै मर्नु पर्ने, उपचारबाट विमुख हुनु पर्ने, देश छाड्नु पर्ने र आत्महत्या गर्नु पर्ने भयाबह अबस्था उत्पन्न भएको छ । संविधानमा उल्लेख भएको समाजवाद उन्मुख व्यबस्थाको तीन खम्बे अर्थनीतिको एक महत्वपूर्ण खम्वा मानिएको सहकारी क्षेत्र नै तहसनहस भएको छ तर सरकारले यी अत्यन्त संवेदनशील र दुरगामी असर हुने समस्या सामाधान गर्न कुनै सार्थक पहल गरेको छैन् । यस्तो गम्भीर बिषय सत्ता समिकरणको गोटिको रुपमा प्रयोग हुन पुगेको छ ।

आफ्ना जायज माग राखी आन्दोलित भएका पिडितहरुप्रति गैर जिम्मेवार भई राज्यका उच्च निकाय र शान्ति सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्रीबाट पिडितप्रति गम्भीर हुनुको सट्टा उल्टै पिडकहरुको पक्षपोषण गर्नुले पिडितहरुको चोटमा चोट थपेको छ । सहकारी ठगहरु पक्राउ गरी कानुनी दायित्वमा ल्याउनु पर्नेमा कतिपय ठुला भनिने राजनीतिक पार्टी र नेतृत्व नै बचाउमा लागेका छन् । करोडौं रकम अवचलन गरेका अभियुत्तहरु केही हजार धरौटीमा छुटी उल्टै पिडितहरुलाई होच्याउने धम्क्याउने गर्नाले देशमा न्याय मरेको अनुभूति भएको छ । यस्तो परिस्थितिमा कास्की जिल्लामा क्रियासिल जनपक्षिय राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

राजनीतिक दलहरु पिडितहरुलाई न्याय दिन, सहकारी कसुरधारीलाई कानुनी कारवाही गरी बिधीको शासन स्थापित गर्न, पिडितहरुको पक्षमा आवाज उठाउन विलम्ब गर्न हुदैन भन्दै आन्दोलनमा उत्त्रीयका छन् । समस्याग्रस्त सहकारी बचत पिडितहरुको बचत सुरक्षा गर !, बचतकर्ताको बचत फिर्ता गर !, सहकारी रकम अवचलन गर्नेहरुको छानविन गरि कानुनी कारवाही गर !, आन्दोलनरत बचत पिडितहरुको जिउधनको रक्षा गर!, पिडितहरुलाई धम्क्याउनेहरुलाई कानुनी कारवाही गर !, सहकारी सन्चालन तथा सहकारी कसुर सजाय ऐन जारी गर !, कानुन अपुणर्ता र अस्पस्टता अन्य गर ! भन्ने मागहरु सहित विरोध प्रदर्शन गरेका छन् ।

पिडितहरुका निम्न मागहरु अविलम्ब पुरा गर्न सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउदै यदि पिडितहरुका मागहरु समयमै पुरा नभएमा कास्की जिल्लामा क्रियाशिल रहेका राजनीतिक दलहरु चरणवद्ध दवाबमुलक आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । विरोध सभामा बोल्ने वक्ताहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य विक्रम थापा, राष्ट्रिय जनमोर्चाको तर्फबाट शंकर बराल, नेकपाको तर्फबाट सावित्री दुरा, नेकपा मसालको तर्फबाट चन्द्र वहादुर के.सी., सहकारी वचत पीडित संघर्ष समिति कास्कीको तर्फबाट किरण श्रेष्ठ लगायतका वक्ताहरुले बोल्नु भएको उक्त विरोध सभाको सञ्चालन टिकाराम पौडेल गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।