0 COMMENTS

वैशाख २, काठमाडौँ । नेपालमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ३ हजार ९ सय ३ नमूना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने सोही समयमा थप ५५ जना निको भएर घर फर्केका छन् । यो कुल संक्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप ७ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।