मङ्सिर १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ शून्य पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।