0 COMMENTS

असोज २२, काठमाडौँ । सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा सरकारले एकदिन राष्ट्रिय शोक घोषणा गरेको हो ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्नुको साथै देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका अनुसार मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् ।

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन् । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।