साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन् ।