0 COMMENTS

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् । 

सभामुखले आफूलाई बोल्न समय नदिएको भन्दै सिंहले बैठक सुरु हुनासाथ उठेर विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङ्गो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनीसमेत दिएका थिए । सांसद सिंहको व्यवहारको विरोध जनाउँदै नेकपा एमालेका सांसदले स्वास्थ्य जाँच गर्न माग गरेका छन् । एमाले सांसद अच्युत मैनालीले शून्य समय माग गर्दै सिंहको स्वास्थ्य जाँचको माग गरेका थिए ।

“संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु” मैनालीले भने । तर, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रचारबाजीका लागि मात्र प्रतिनिधिसभा बैठकमा कपडा नखोलेको प्रष्टीकरण दिएका छन् । भ्रष्टाचारको विषयमा संसदमा बोल्नका लागि सभामुखसँग आकस्मिक समय मागेको र समय नपाए हदैसम्मको विरोध गर्ने बैठक अगावै सभामुखलाई जानकारी गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।