0 COMMENTS

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । 

 मुख्यसचिव शंकरदास बैरागी मार्फत्माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार साझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम्माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका हुन्।

 किसानहरूको ५ सूत्रीय माग अघि सार्दै नुवाकोट ककनी गाउँपालिका -२का ३०वर्षेकिसान श्रीराम घिमिरे अनसनरत  रहेका हुन्। उनको स्वास्थ्यस्थिति दिनप्रतिदिन बिग्रँदो अवस्थामा रहे पनि सरोकारवालाले अनसन तोडाउन पहल नगरेको बताइएको छ।

 ककनीदेखि खाली खुट्टा पैदल हिँडेरकाठमाडौं आएर उनले बैशाख ५ गतेदेखि अनसन शुरु गरेका थिए। सरकारले किसानको हितमा काम नगरेकाले दबाब दिन आफूले आमरण अनसन शुरु गरेको उनको भनाइ छ।आमरण अनसन बसेका घिमिरेले कृषकलाई अनुदानको व्यवस्था, बैंकिङ ब्याज दर २ प्रतिशत गर्न, कृषि मल, बिउ र औजार अनुदान उपलब्ध गराउन माग गरेका छन् ।

यस्तै, १० प्रतिशत बजेट कृषिलाई छुट्याउन, प्रोजेक्ट लोन ५० लाखमा एक प्रतिशत ब्याजदर उपलब्ध गराउन, कृषक कार्ड बनाउन, यातायात भाडामा किसानलाई ५० प्रतिशत छुट गर्न पनि उनले माग गरेका छन् ।

युवा किसान संघ नेपालको अध्यक्ष तथा अखिल नेपाल किसान महासंघको कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले अनसनरत घिमिरेका माग समग्र किसानकै मुद्दा रहेकोबताइन्।

ककनी–३का दिपेश ढुंगाना किसानका समस्याबारे सरकार उदासिन रहँदै आएका कारण यसरी आन्दोलन गर्नुपरेको बताउँछन्।घिमिरेको अनसनलाई उनले ‘सरकारलाई झकझक्याउने प्रयास’ का रुपमा व्याख्या गरे।सरकारले उपलब्ध गराएको अनुदान वास्तविक किसानले नपाएको, विचौलियाका कारण किसानहरु पीडित हुँदा पनि सरकार मुकदर्शक बनेको जस्ता कारणले किसानहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको उनकोबुझाइ छ।

नुरप्रसाद अधिकारीले नक्कली किसान मालामाल भएको तर सक्कली किसान यसरी भोक हड्ताल गर्नुपर्नेअवस्थामा पुगेको बताए।झोलामा फाइल मिलाएको भरमा दलका कार्यकर्ताहरुले किसानको नाममा अनुदान लिने गरेको तर वास्तविक किसान भने सदैव मर्कामा पर्दै आएको उनको भनाइ छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।